युनाईटेड इदी मर्दीले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा, बुकक्लोज कहिले ?
२ मंसिर, काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बाेलाएकाे छ । कम्पनीले मंसिर २५ गते १७ औँ वार्षिक साधारण सभा बाेलाएकाे हाे । सो सभा आभ्या क्लब, धारीपाटन, पोखरामा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १६ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रकाशित मिति : November 18, 2026 at 10:39 am













