१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

६५ प्रतिशतले बढ्यो सलिकोको बीमा कोष, प्रतिसेयर आम्दानी कति ?

३० कात्तिक, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमाससम्ममा बीमा कोषमा ८ अर्ब ८९ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो आव २०८२/८३ को सोही अवधिमा कम्पनीको बीमा कोषमा ५ अर्ब ३८ करोड ३५ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ६५.२१ प्रतिशतले बढेको छ ।

पहिलो त्रैमासमा कम्पनीले २० करोड ९८ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २६ करोड ७३ लाख रुपैयाँ घाटा व्योहोरेको थियो ।

चालु आवको पहिलो त्रैमासमा कम्पनीले ८२ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले १ अर्ब २६ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा चालु आवको असोजसम्ममा कम्पनीको व्यापार ३४.४९ प्रतिशतले घटेको छ ।

त्यस्तै चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ८.३३ प्रतिशतले घटेको छ । कम्पनीले गत आवको असोजसम्ममा ६२ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेकोमा चालु आवको सोही अवधिमा ५६ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ ।

चुक्तापुँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको असोजसम्ममा महाविपत्ति कोषमा २४ करोड ८१ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३२ रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष पनि ईपीएस ४८.७८ रुपैयाँले ऋणात्मक थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ २२५.२२ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : November 16, 2026 at 4:32 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/