लगातार घट्दै सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?
३० कात्तिक, काठमाडौं । नेपाली बजारमा लगातार तीन दिन सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन भने तोलामा एक हजार एक सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६९ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।
आइतबार सुन प्रतितोला दुई लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै,चाँदीको मूल्य ८० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ३ हजार ६०० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : November 16, 2026 at 11:11 am










