१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न समिति गठन

१८ कात्तिक, काठमाडौँ। सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर एकापसमा ठोक्किएको घटनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय समिति गठन गरेको छ।

प्राधिकरणले निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा पाइलट तथा वायुयान इन्जिनियर सम्मिलित समिति गठन गरेको हो।

मंगलबार फेरिचेमा एयर डाइनेस्टीको ‘९एन–एओडी’ र फिस्टेल एयरको ‘९एन–एजेआर’ हेलिकप्टर एकापसमा ठोक्किएका थिए। दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने दुई पाइलट र एक यात्रु घाइते भएका थिए।

समितिलाई घटनाको कारण र दुर्घटना गराउन सक्ने कारक तत्त्वको अध्ययन तथा विश्लेषण गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको प्राधिकरणले बुधबार जनाएको छ।

प्रकाशित मिति : November 4, 2026 at 3:27 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/