६ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026

आईपीओ प्रस्तावसहित ३३ कम्पनीले बोलाए साधारण सभा

५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म ३३ कम्पनीले आईपीओ निष्काशनकाे प्रस्तावसहित साधारण सभा बोलाएका छन् । सभा बोलाएका ३३ कम्पनीमध्ये ७ वटाले गत वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेका छन् । अधिकांश कम्पनीले आईपीओ निष्कासनलाई प्राथमिकतामा राखेका छन् । केही कम्पनीले पुनः आइपीओ निष्कासनको प्रस्ताव अघि सारेका छन् ।

आइपीओसम्बन्धी प्रस्तावसँगै लाभांश घोषणा गर्ने कम्पनीमा साप्सु कालिका हाइड्रोपावर, नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज, काबेली हाइड्रोपावर, आशुतोष इनर्जी, भेन्चर हायर पर्चेज, होटल सारथी र डिभाइन हेल्थकेयर रहेका छन्। साप्सु कालिका हाइड्रोपावरले ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । नर्भिक इन्टरनेसनल हस्पिटलले २२.१० प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। काबेली हाइड्रोपावरले १६.३१ प्रतिशत तथा आशुतोष इनर्जीले १८.९४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन्।

त्यस्तै, भेन्चर हायर पर्चेजले १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। होटल सारथीले २.७८ प्रतिशत नगदसहित १३ प्रतिशत बोनस सेयर रहेकाे छ। त्यस्तै, डिभाइन हेल्थकेयरले ०.०६५ प्रतिशत नगदसहित १.२५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ

हस्पिटल फर एड्भान्स्ड मेडिसिन एन्ड सर्जरी, नर्भिक इन्टरनेसनल हस्पिटल, डिभाइन हेल्थकेयर र हिमाल डेन्टल हस्पिटल एन्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स,निलगिरि खोला हाइड्रोपावर, मुहान हाइड्रोपावर, काबेली हाइड्रोपावर, म्याग्दी हाइड्रोपावर, दार्चुला पावर, अपर रिचेट हाइड्रोपावर, एसके इनर्जी डेभलपमेन्ट, त्रिकाल पावर, पिपुल्स इनर्जी र संयुक्त ऊर्जा लगायतका कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्ताव अघि बढाएका छन्।

त्यस्तै, सिराइचुली, ठमेल प्लाजा होटल एन्ड सुइट्स र होटल सारथी छन् भने जेमिनी रिसाइकल नेपाल, ग्रिनप्लाई नेपाल, मकालु वाइन इन्डस्ट्रिज, प्रिमियर स्टिल, श्री डिस्टिलरी, राजेश मेटल क्राफ्ट्स र निभिक्स फार्मास्युटिकल्स लगायतका कम्पनी रहेका छन् ।

प्रकाशित मिति : October 22, 2026 at 12:53 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/