कोरला नाकाबाट भित्रिएका सवारी गन्तव्यमा पुर्याउनै सकस, हजारौँ इभी मुस्ताङमै रोकिए
२८ असोज, काठमाडौं । कोरलानाकाबाट नेपाल भित्रिएका हजाराैँ विद्युतीय सवारीसाधन (इभी) गन्तव्यमा पुर्याउन समस्या भएको छ । बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएपछि २ हजार ५०० भन्दा बढी इभी गन्तव्यमा पुर्याउन समस्या भएको हाे ।
सशस्त्र प्रहरीका अनुसार कोरलानाकाको खुला क्षेत्रमा २ हजारभन्दा बढी र न्हेचुङस्थित भन्सार यार्डमा २०० भन्दा बढी इभी पार्किङमा राखिएका छन् । त्यस्तै, भन्सार जाँचपासपछि जोमसोम ल्याइएका करिब ५०० भन्दा बढी विद्युतीय गाडी दुईवटा पार्किङस्थलमा राखिएका छन् ।

बिवाइडी कम्पनीका २ हजारभन्दा बढी गाडी मुस्ताङमै रोकिएका छन् । असोज ११ गतेअघि करिब ४५० गाडी गन्तव्यमा पठाइए पनि त्यसपछि सडकको अवस्थाका कारण ढुवानी प्रभावित भएको साइमेक्स इङ्कका प्रतिनिधि दीपक बुढाथोकीले जानकारी दिए ।
प्रकाशित मिति : October 14, 2026 at 12:30 pm







