आईसीएफसी फाइनान्सको कायम मुकायम सीईओमा अमित श्रेष्ठ
२६ असोज, काठमाडौँ । आईसीएफसी फाइनान्स लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अमित श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार सञ्चालक समितिको ३७७औँ बैठकले श्रेष्ठलाई असोज २५ गतेदेखि लागू हुने गरी कायम मुकायम सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तको कार्यकाल असोज २४ गते समाप्त भएको थियो । नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई कायम मुकायम सीईओको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ । श्रेष्ठ यसअघि कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।
प्रकाशित मिति : October 12, 2026 at 11:36 am






