२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

२१ असोज, काठमाडौं । बुधबार नेप्से परिसूचक झिनाे अंकले घटेर बन्द भएको छ।  यस दिन नेप्से परिसूचक ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन ३५९ कम्पनीकाे ३९ हजार ४६६ पटकको कारोबारमा ३ अर्ब ७४ करोड ८० लाख ८० हजार रुपैयाँबराबरको १ करोड ३ लाख कित्ता सेयर खरिदबिक्री भएको छ।

घलेम्दी हाइड्रोको सेयरमूल्य यस दिन सर्वाधिक ६.२५ प्रतिशत बढेको छ। ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य यस दिन सर्वाधिक ५.२६ प्रतिशत घटेको छ। यस दिन घलेम्दी हाइड्रोको सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन ३२ करोड २१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।  १३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : October 7, 2026 at 3:19 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/