प्रभु महालक्ष्मी लाइफकाे १३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
२१ असोज, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ। कम्पनीका संस्थापक शेयरधनी नवराज अधिकारीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीका लागि कम्पनीमा निवेदन दिएपछि उक्त सेयर र बिक्रीमा ल्याएकाे कम्पनीले जनाएकाे छ ।

संस्थापक सेयरमा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक सेयरधनीलाई दिनु पर्ने भएकाले हाल यस सेयर विद्यमान सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । सो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
साथै, तोकिएको समयभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै आवेदन नपरेमा सर्वसाधारणलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : October 7, 2026 at 11:57 am






