२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

पोखरा फाइनान्सका ग्राहकलाई स्काइवाक टिकटमा १५ प्रतिशत छुट

२० असोज, काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका ग्राहकले काठमाडौंको कमलादीस्थित स्काइवाकको टिकट खरिद गर्दा १५ प्रतिशत छुट पाउने भएका छन्। ग्राहक सुविधा विस्तार गर्ने उद्देश्यले पोखरा फाइनान्स र वन्डर्स नेपाल प्रालिअन्तर्गत सञ्चालित स्काइवाकबीच सम्झौता भएको हो। सम्झौताअनुसार पोखरा फाइनान्सका ग्राहकले स्काइवाकको टिकट खरिद गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

फाइनान्सले उक्त सहकार्यबाट आफ्ना ग्राहकलाई मनोरञ्जन तथा भ्रमणसँग सम्बन्धित सेवामा थप सुविधा उपलब्ध हुने विश्वास व्यक्त गरेको छ। पोखरा फाइनान्सले हाल ३८ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ तथा सीआईएसलगायत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ। त्यसैगरी, फाइनान्सले मोबाइल बैंकिङ, डेबिट कार्ड र क्यूआर कोडलगायत डिजिटल बैंकिङ सेवा पनि उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति : October 6, 2026 at 5:33 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/