२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

सिक्लेस हाइड्रोपावरले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

२० असोज, काठमाडौं। सिक्लेस हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। असोज १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १२.७०६ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६६९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

 विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई सो दरमा लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : October 6, 2026 at 10:58 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/