१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

धाँधलीको आरोपकाबीच केसी दाजुभाइ प्रतिनिधिमा विजयी, बहादुरले पाए लोकप्रिय मत

१९ असोज, नुवाकोट । नुवाकोट क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिको निर्वाचनमा धाँधलीको आरोपकाबीचमा अर्जुननरसिंह केसी र जगदिश्वरनरसिंह केसी प्रतिनिधिमा विजयी भएका छन । शनिबार भएको मतदानको सोमबार बिहान सम्पन्न भएको मतगणनामा केसी दाजुभाइ नै प्रतिनिधिमा विजयी भएका हुन ।

निर्वाचतमा सर्वाधिक लोकप्रिय मत केन्द्रीय सहमहामन्त्री बहादुरसिंह लामाले प्राप्त गरेका छन । उनलेल ९८६ मत प्राप्त गरेका छन । केसी र लामासहित कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ बाट ३१ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

क्षेत्रीय अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूमा बहादुर सिंह लामा, जगत तामाङ, अर्जुननरसिंह के.सी., जगदीश्वर के.सी., उपेन्द्र बुढाथोकी, फाइसिङ तामाङ, चोक राज शाक्य, सुरेन्द्र अधिकारी, छत्र लामा, सबिन मुडभरी, गीता अमात्य, पवित्रा पुडासैनी, सीता तामाङ, रुक्माणी सेढाई, प्रेमलाल श्रेष्ठ रहेका छन ।

यो पनि पढ्नुहोस् 

त्रिशुलीपारी नेपाली कांग्रेसभित्रै केसी दाजुभाइ अस्वीकृत

नुवाकोट कांग्रेस क्षेत्र नं. २ ‘ख’ मा धाँधली भएको जगदिश्वरनरसिंह केसीको आरोप

नुवाकोटमा स्थापित नेता र पत्रकार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

त्यस्तै श्रीप्रसाद सापकोटा, गमला लामा, पारस अधिकारी, रविन दाहाल, राजु थापा, केशवबहादुर सुनार, मदन भुजेल, शोभा महर्जन बानियाँ, विष्णुराज नेपाल, सुमन अधिकारी, बिन्दा थापा मगर, मनमाया तामाङ, सुशीला वाइवा तामाङ, गरबहादुर तामाङ, बिराज तामाङ र राजकुमार श्रेष्ठ निर्वाचित भएका छन ।

क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिहरूले अब नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी भई पार्टीको नयाँ नेतृत्व चयनलगायतका विषयमा मतदान गर्नेछन्।

प्रकाशित मिति : October 5, 2026 at 1:28 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/