नुवाकोटमा स्थापित नेता र पत्रकार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
१८ असोज, नुवाकोट । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. १ को महाधिवेशन प्रतिनिधि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणामअनुसार खुला, महिला, युवा, समावेशी तथा विभिन्न लक्षित समूहबाट महाधिवेशन प्रतिनिधिहरू निर्वाचित भएका छन्।
खुलातर्फ केदारनरसिंह केसीलाई सर्वाधिक मत
खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। जसमा केदारनरसिंह केसीले सर्वाधिक ६७२ मत प्राप्त गरी निर्वाचित भएका छन ।
खुलातर्फ रमेशकुमार महत ५३७, ध्रुव श्रेष्ठ ५०७, निरञ्जन थापा ४८८, सरोज केसी ४४०, सन्तमान तामाङ ३६२, सुवन गिरी (सुमन) ३४९, गोविन्दप्रसाद थपलिया ३३६, शन्तकुमार तामाङ (सागर) ३०९ र सुनबहादुर तामाङ ३०३ मत प्राप्त गरी निर्वाचित भएका छन ।

महिलातर्फ चार जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। मन्जु केसीले सर्वाधिक ६९२ मत प्राप्त गर्नुभएको छ। अञ्जु आचार्यले ६६७, भवानी देवकोटाले ५३३ र उमा आचार्यले ४९२ मत प्राप्त गरी निर्वाचित भएका छन । यस्तै युवा महिलातर्फ सलिना केसी ४३३ मत प्राप्त गरी निर्वाचितभइन । युवा खुलातर्फ पवन थापा ६०४ र विजय ढुङ्गाना २५१ मत प्राप्त गरी निर्वाचित भएका छन ।
अपाङ्गता कोटातर्फ उपेन्द्र मिश्र ६४३, श्रमिकतर्फ उद्धवप्रसाद ढकाल ४६५ र पेशागत विशेषज्ञतर्फ सुशिलप्रसाद फुयाँल ३९८ मत प्राप्त गरी निर्वाचित भएका छन । यस्तै समानुपातिकतर्फ दलित कोटाबाट सरिता मिजार ५१४ मत प्राप्त गरी निर्वाचित भइन ।
आदिवासी जनजाति पुरुषतर्फ सिताराम पुलामी मगर (राम) ले ६५५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। यस्तै पूर्णलाल श्रेष्ठ ३५५, गणेशबहादुर तामाङ ३३१ र झमकराज गुरुङ ३२८ मत प्राप्त गरी निर्वाचित भएका छन । त्यस्तै खस आर्य पुरुषतर्फ पर्शुराम लामिछाने २५० मत तथा खस आर्य महिलातर्फ अप्सरा थापा ४९७ मत प्राप्त गरी निर्वाचित भइन ।
स्थापित नेता र पत्रकार पराजित
महाधिवेशन प्रतिनिधिको निर्वाचनमा जिल्ला सचिव समेत रहेका नुवाकोट क्षेत्र नम्बर १ का स्थापित नेता बैकुण्ठ मिश्र पराजित भए । त्यस्तै पत्रकारहरू नवराज घिमिरे र रविन थपलिया पनि पराजित भए । अन्य केही स्थापित नेता समेत पराजित भएका छन । प्राय पुराना नेता पराजित हुँदा युवा नेताहरू विजयी भएका छन । डा प्रकाशरण महतको गुट छाडेका ध्रुव श्रेष्ठ र सीता मिजार भने प्रतिनिधि निर्वाचित भएका छन । क्षेत्र नम्बर १ मा अहिले अर्जुननरसिंह केसी समूहका नेताहरू बढी निर्वाचित भएका छन ।

प्रकाशित मिति : October 4, 2026 at 3:24 pm






