झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि
१५ असोज, काठमाडौं । बिहीबार नेप्से झिनो अंकले बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। यस दिन ३५३ कम्पनीकाे ५१ हजार ७४५ पटकको कारोबारमा ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँबराबरको १ करोड २० लाख ६५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। आज १३९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ कम्पनीको घटेको छ । १२ कम्पनीको सेयरको शेयर मूल्य स्थिर रहेको हो ।

यस दिन सिन्धु विकास बैंकको सेयरमूल्य सर्वाधिक १०.८१ प्रतिशत बढेको छ। सयपत्री हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक ९.६६ प्रतिशत घटेको छ। यस दिन सिद्धार्थ बैंकको सर्वाधिक काराेबार भएकाे छ। सो बैंकको यस दिन ३० करोड ५३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। १३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित मिति : October 1, 2026 at 3:25 pm






