१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

निजामती कर्मचारीले सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाउने

१५ असोज, काठमाडौं । सरकारले निजामती कर्मचारीहरूको आचरण र व्यवहारलाई थप मर्यादित र अनुशासित बनाउन प्रस्ताव गरेको छ । सरकारले सङ्घीय निजामती सेवाका कर्मचारीहरूलाई सामाजिक सञ्जाल र विद्युतीय माध्यमको प्रयोगमा थप मर्यादित र अनुशासित बनाउन नयाँ कानुनी व्यवस्था प्रस्ताव गरेको हाे ।

‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ को दफा ८८ मा कर्मचारीहरूले सामाजिक सञ्जालमा गर्न नपाउने कार्यहरूको दायरा स्पष्ट गरिएको छ ।

विधेयकअनुसार कुनै पनि निजामती कर्मचारीले विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा दलका पदाधिकारीको पक्ष वा विपक्षमा टिप्पणी गर्न पाउने छैनन् । सामाजिक द्वेष वा कलह बढ्ने, हिंसा भड्किने वा समाजको सद्भावमा खलल पुग्ने खालका कुनै पनि विचार वा टिप्पणी सामाजिक सञ्जालमा पोस्ट गर्न कर्मचारीलाई बन्देज लगाइएको छ ।

‘निजामती कर्मचारीले विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा सामाजिक द्वेष वा कलह बढ्ने, हिंसा भड्किने गरी वा सार्वजनिक पदाधिकारी वा कुनै राजनीतिक दल वा राजनीतिक दलको पदाधिकारीको पक्ष वा विपक्षमा कुनै टिप्पणी गर्न वा आफ्नो पदीय जिम्मेवारी निर्वाहका लागि गरेका कामको आफ्नो व्यक्तिगत आइडी वा पेजबाट प्रचारप्रसाद गर्न वा यस परिच्छेद विपरित हुने गरी कुनै कुरा व्यक्त गर्न हुँदैन,’ विधेयकमा भनिएको छ।

प्रकाशित मिति : October 1, 2026 at 3:06 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/