१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

विपद् राहत कोषबारे प्रधानमन्त्रीको जवाफको पर्खाइमा छुः सांसद खरेल

१३ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले आफू एउटा विषयमा प्रधानमन्त्री वालेन्द्र शाहको जवाफको पर्खाइमा रहेको बताएका छन् । ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ नभई ‘प्रधानमन्त्री विपद् राहत कोष’ भनेर नामाकरण गर्न आफूले आग्रह गरेको र त्यसको जवाफ प्रधानमन्त्रीबाट कुरिरहेको सांसद खरेलले बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै खरेलले भने, ‘पछिल्लो विपद्का कारण २७ जनाको मृत्यु भएको छ, ४ जना अझै बेपत्ता हुनुहुन्छ र अरबौंको सम्पत्ति नष्ट भएको छ। हामीले पटक–पटक भनेका छौँ, विपद् दैवी प्रकोप होइन। यो दैवले गराएको होइन, यो प्राकृतिक या मानव सृजित हो।’

प्रकाशित मिति : September 29, 2026 at 12:29 pm