पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मध्यरातमा पक्राउ
११ असोज, काठमाडाैँ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ परेका छन । उनी शनिबार मध्यरातमा पक्राउ परेका हन । प्रहरीले उनलाई महाराजगन्जमा रहेको निवासबाटै पक्राउ गरेको हो । उनी विरुद्ध काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा गम्भीर प्रकृतिका उजुरी परेको बुझिएको छ । उजुरीको विवरण भने प्रहरीलेअहिलेसम्म खुलाएको छन । हुनत प्रहरीले चोलेन्द्र पक्राउ परेको सार्वजनिक जानकारी समेत दिएको छैन ।

चोलेन्द्रले २०७५ पुस १८ देखि प्रधानन्यायाधीशको कार्यभार सम्हालेका उनी २०७८ फागुन १ मा संसदमा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए । उनी विरुद्ध महाअभियोग लागेपछि उनी सर्वोच्च जाने प्रयास गरे पनि सफल हुन सकेनन् । त्यसपछि रोकिएको उनको सुविधा सम्बन्धी विषय समेत केही दिनअघिमात्र सर्वोच्च अदालतबा टुंगिएको थियो ।
चोलेन्द्रका धेरै विवादित फैसलाहरू रहेका छन । यद्यपी यो पक्राउ केका कारण हो भन्ने खुलेको छैन । उनी सार्वजनिक जग्गा व्यक्तिको बनाउने अभियानमा निकै सक्रिय देखिएका पूर्व न्यायाधीश हुन ।
चोलेन्द्र प्रधानन्यायाधीश भएकै समयमा केपी शर्मा ओलीको सरकार अपदस्त गर्न शेरबहादुर देउवा र पुष्पकमल दाहाल लगायतले उनको दुरूपयोग गरेका थिए । सो क्रममा पछि चोलेन्द्रले घुसको रूपमा मन्त्री पदमा आफन्त गजेन्द्र हमाल नियुक्त गराएका थिए । उनले त्यही आधारमा धेरै पदमा बार्गेनिक गरेर आफ्ना मान्छेहरू समेत नियुक्त गराएका थिए ।
प्रकाशित मिति : September 27, 2026 at 5:57 am




