१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मध्यरातमा पक्राउ

११ असोज, काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र शाह बालेन अमेरिका भ्रमणबाट फर्किएकै दिन पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन । उनी शनिबार मध्यरातमा पक्राउ परेका हुन । प्रहरीले उनलाई महाराजगन्जमा रहेको निवासबाटै पक्राउ गरेको हो ।

चोलेन्द्रविरुद्ध काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा गम्भीर प्रकृतिका उजुरी परेको बुझिएको छ । उजुरीको विवरण भने प्रहरीले अहिलेसम्म खुलाएको छन । हुनत प्रहरीले पक्राउको सार्वजनिक पुष्टि समेत गरेको छैन ।

२०७५ पुस १८ देखि प्रधानन्यायाधीशको कार्यभार सम्हालेका चोलेन्द्र २०७८ फागुन १ मा संसदमा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए । महाअभियोग लागेपछि उनी सर्वोच्च जाने प्रयास गरे पनि सफल हुन सकेका थिएनन् । त्यसपछि रोकिएको उनको सुविधा सम्बन्धी विषय समेत केही दिनअघिमात्र सर्वोच्च अदालतबाट टुंगिएको थियो ।

चोलेन्द्रका धेरै विवादित फैसलाहरू रहेका छन । यद्यपी यो पक्राउ केका कारण हो भन्ने खुलेको छैन । उनी सार्वजनिक जग्गा व्यक्तिको बनाउने अभियानमा निकै सक्रिय देखिएका पूर्व प्रधानन्यायाधीश हुन ।

चोलेन्द्र प्रधानन्यायाधीश भएकै समयमा केपी शर्मा ओलीको सरकार अपदस्त गर्न शेरबहादुर देउवा र पुष्पकमल दाहाल  लगायतले उनको दुरूपयोग गरेका थिए । सो क्रममा पछि चोलेन्द्रले घुसको रूपमा मन्त्री पदमा आफन्त गजेन्द्र हमाल नियुक्त गराएका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्रीमा नियुक्ति दिएर सिधै मुद्दा जिताइदिए वापत प्रधानन्यायाधीशका लागि मन्त्री पद उपहार (घुस) दिएका थिए ।देउवाको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले हमलालाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त गरेकी थिइन ।

उनले त्यही आधारमा धेरै संवैधानिक परिषद्मा बसेर विभिन्न निकायमा आफ्ना मान्छेहरू समेत नियुक्त गराएका थिए । एमालेको सरकार अपदस्त गर्दै परमादेशको भरमा शेरबहादुर देउवालाई सीधै प्रधानमन्त्री नियुक्त गरेर राष्ट्रपतिलाई सपथ गराउन प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलाशले आदेश दिएको थियो ।

प्रकाशित मिति : September 27, 2026 at 5:57 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/