हाथवे इन्भेष्टमेन्टका सेयरधनी हेमराज ढकालले २० लाख कित्ता सेयर बेच्ने
८ असाेज, काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका आधारभूत सेयरधनी हेमराज ढकालले आफ्नो स्वामित्वमा रहेको २० लाख कित्ता सेयर बिक्री गर्ने भएका छन्।
कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सेयर बिक्री गर्न लागेको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराएको हो। कम्पनीले आज नेप्सेलाई पठाएको पत्रमार्फत ढकालले आफूसँग रहेको सेयरमध्ये २० लाख कित्ता बिक्री गर्न चाहेको जानकारी दिएको जनाएको छ।
नेपाल धितोपत्र बोर्डको २०८३ वैशाख ९ गतेको निर्देशनअनुसार कम्पनीको आधारभूत सेयरधनीले आफूले धारण गरेको कुल सेयरको १ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिन अगावै सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार हेमराज ढकालले आफूसँग रहेको सेयरमध्ये आगामी तीन महिनाभित्र २० लाख कित्ता सेयर बिक्री गर्ने मनसाय रहेको कम्पनीले जनाएको छ।
हाथवे इन्भेष्टमेन्टले उक्त जानकारी नेप्से, सिडिएस एन्ड क्लियरिङ लिमिटेड तथा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई समेत बोधार्थ पठाएको छ।
कम्पनीका अनुसार सेयर बिक्रीको जानकारी गराउने आधारभूत सेयरधनीको विवरणमा हेमराज ढकालको नाम उल्लेख छ भने बिक्री गर्न चाहेको सेयर संख्या २०,००,००० कित्ता रहेको छ।
प्रकाशित मिति : September 24, 2026 at 6:30 pm




