एक महिनाका लागि आज फेरि २० अर्ब रुपैयाँ खिच्दै केन्द्रीय बैंक
८ असोज, काठमाडौं । बैंकिङ प्रणालीमा थुप्रिएकाे अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज पनि २० अर्ब रुपैयाँ तान्ने भएको छ। निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट केन्द्रीय बैंकले आज असोज ८ गते एक महिनाका लागि निक्षेप तान्न लागेकाे हाे ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने ब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। आज अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यसकाे साँवा तथा ब्याज भुक्तानी कात्तिक ९ गते गरिने राष्ट्र बैंकले जनाएको छ।
प्रकाशित मिति : September 24, 2026 at 12:37 pm




