८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

सानिमा मिडिल तमोर हाइड्रोपावरले घोषणा गर्यो लाभांश

८ असोज, काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले कम्पनीको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले यही असोज ३० गते ११औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा प्रयोजनका लागि कम्पनीले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १६ गतेसम्म कायम सेयरधनीले कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्न तथा वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन्।

प्रकाशित मिति : September 24, 2026 at 11:09 am