६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

पोखरा फाइनान्सका ग्राहकलाई अल्फा केयरमा १५ प्रतिशतसम्म छुट

६ असोज, काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका ग्राहकले न्यु बानेश्वर–१०, काठमाडौंस्थित अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर (अल्फा बेटा कम्प्लेक्स) मा विभिन्न स्वास्थ्य तथा अन्य सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

पोखरा फाइनान्सका खातावालाले अल्फा केयरका सम्बन्धित सेवाको बिल पोखरा फाइनान्सको डेबिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सक्नेछन्। सम्झौताअनुसार इन–हाउस ल्याबोरेटरीका सम्पूर्ण परीक्षण तथा डेन्टल सेवामा १५ प्रतिशत छुट उपलब्ध हुनेछ। त्यस्तै, हेल्थ चेकअप प्याकेज, रेडियोलोजी सेवा, आउटसोर्स्ड टेस्ट तथा नन–इन्भेसिभ कार्डियाक इन्भेस्टिगेसनमा १० प्रतिशत छुट प्रदान गरिनेछ।

प्रकाशित मिति : September 22, 2026 at 4:11 pm