नेपाल सरकारका ३५ उपसचिवको सरूवा, डोटी पुर्याइए केशर पण्डित (सूचीसहित)
६ असोज, काठमाडौँ । भूमि व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३५ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले ३५ उपसचिवको सरूवा गरेको हो ।

सरूवा अनुसार श्रम कार्यालय काठमाडौँमा कार्यरत रहेका केशरबहादुर पण्डितलाई दिपायल सिलगढी नगरपालिका डोटी सरूवा गरिएको छ । पुरुषोत्तम सुवेदीको राष्ट्रिय सूचना आयोगमा सरूवा गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाजमा खटाइएका उपसचिवहरूमा केशर बहादुर पण्डित: दिपायल सिलगढी नगरपालिका, डोटी, यम बहादुर कुँवर: धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोक, दिनेश राज पन्त: बाह्रबिसे नगरपालिका, सिन्धुपाल्चोक, टेकराज अर्याल: गोदावरी नगरपालिका, ललितपुर, हरेन्द्र कुमार श्रेष्ठ: दक्षिणकाली नगरपालिका, काठमाडौँ, अर्चना खड्का अधिकारी: पाँचखाल नगरपालिका, काभ्रेपलाञ्चोक, श्रवण कुमार साह: कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौँ, अजय बर्तौला: खडक नगरपालिका, सप्तरी रहेका छन ।
यस्तै बिनोद कुवँर: बुढानिलकण्ठ नगरपालिका, काठमाडौँ, राजु खनाल: दुधौली नगरपालिका, सिन्धुली, किरण थापा: कालिका नगरपालिका, चितवन, देवराज चौलागाई: किर्तिपुर नगरपालिका, काठमाडौँ, शेखर कुमार रोकाया: तारकेश्वर नगरपालिका, काठमाडौँ, मोहन कुमार श्रेष्ठ: थाहा नगरपालिका, मकवानपुर, नेव बहादुर वली: गोकर्णेश्वर नगरपालिका, काठमाडौँ र राजन घिमिरे: बाँसगढी नगरपालिका, बर्दिया रहेका छन ।
यस्तो छ सरूवाको सूची –


प्रकाशित मिति : September 22, 2026 at 7:12 am




