मुक्तिनाथको घर कर्जा अफरः घर किन्दा ८० प्रतिशतसम्म कर्जा
२ असोज, काठमाडौं । मुक्तिनाथ विकास बैंकले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार योजनाअन्तर्गत ग्राहकले बेसरेटमा ०.२५ प्रतिशत थप गरी घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि कर्जा लिन सक्नेछन् ।
घरजग्गाको मूल्यांकनको अधिकतम ७० प्रतिशतसम्म कर्जा पाइनेछ । पहिलो घर कर्जाको हकमा भने अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । आफ्नै घर बनाउने वा खरिद गर्ने योजना बनाएका ग्राहकलाई सहज कर्जा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको बैंकले जनाएको छ ।

यो विशेष घर कर्जा योजना २०८३ साल कात्तिक मसान्तसम्म लागू हुनेछ । त्यसपछि बैंकको प्रचलित ब्याजदर तथा कर्जाका अन्य सर्त लागू हुनेछन् । बैंकले यो सुविधा देशभर रहेका १७६ शाखाबाट उपलब्ध गराउने जनाएको छ । ग्राहकले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी योजनाबारे थप जानकारी लिन सक्नेछन् । मुक्तिनाथ विकास बैंकले यससँगै अटो कर्जा तथा कृषि र साना तथा मझौला व्यवसाय कर्जाका विशेष योजनासमेत सञ्चालनमा ल्याएको जनाएको छ ।
प्रकाशित मिति : September 18, 2026 at 11:35 am




