३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

लाभांश पारित गर्न गरिमा विकास बैंकले बाेलायाे साधारण सभा, बुक क्लोज कहिले ?

३१ भदौ, काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले साधारण सभा बोलाएको छ । भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २० औं साधारण सभा आगामी असोज २६ गते पोखरामा रहेको होटल पोखरा ग्राण्डमा बिहान साढे १० बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा गत आवका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश(करसहित) वितरणको प्रस्ताव पारित गरिनेछ ।

यस्तै, बैंकको कायम अधिकृत पूँजी वृद्धि गरी ६ अर्ब ६५ करोड कायम गर्ने र अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

dainiki.com

 सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८२÷८३ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ असोज १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै सभामा सहभागि हुन र लाभांश पाउन सक्नेछन् ।

प्रकाशित मिति : September 16, 2026 at 9:27 am