२३ भदौ २०८३, मंगलबार | Tue Sep 8 2026

भदौ २३ र २४ गतेको घटनालाई एकैठाउँमा राखेर हेर्न मिल्दैनः कानूनमन्त्री गौतम

२३ भदाै, काठमाडौं । कानूनमन्त्री सोविता गौतमले गत भदौ २३ र २४ गतेको घटनालाई एकैठाउँमा राखेर हेर्न नमिल्ने बताएकी छन्। जेनजी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भदौ २३ गते नागरिकमाथि गोली चलेको उल्लेख गर्दै अब त्यस्तो नियति कसैले भोग्न नपर्ने बताइन् ।

उनले भनिन् ‘यो स्मृति दिवसमा हामी सबैले सङ्कल्प गर्नुपर्छ कि २३ गतेको जस्तो नियति यो देशमा अब कहिले पनि हामी कसैले पनि भोग्न नपरोस्, कोही आमाले पनि भोग्न नपरोस्, कोही परिवारले पनि भोग्न नपरोस् । यहाँहरूका मागहरू धेरै छन् ।’

dainiki.com

उनले भदौ २३ गते युवाहरू सत्ता पल्टाउँछु भनेर सडकमा नआएको बताउँदै शहीद परिवार, घाइते तथा आन्दोलनसँग जोडिएका सबैलाई एक ठाउँमा आएर एकअर्कालाई सहयोग गर्न र ढाडस दिन पनि आग्रह गरिन् । उनले भनिन्, ‘२३ गतेको घटनामा कोही पनि युवाहरू म कसैको कुर्सी खोस्छु भनेर सडकमा आएको थिएन। म आवाजहरू दिन्छु, मेरो सरकारले सुन्छ भन्ने विश्वासले आएको थियो। तर जनताको विश्वासमाथि घात भएको दिन हो। त्यसकारणले २३ गते र २४ गतेलाई एउटै आँखाले हेर्न मिल्दैन। २३ गते हाम्रा युवाहरू रेटिएका हुन्, मारिएका हुन्। २३ गते हाम्रा युवाहरूलाई गोली हानिएको हो। त्यसकारणले पनि यस दिनलाई राजनीतिक हिसाबले रङ्ग दिएर पक्ष–विपक्षमा नबाँडीकन एक ठाउँमा आएर एकआपसलाई ढाडस दिनुपर्छ।’

प्रकाशित मिति : September 8, 2026 at 4:11 pm