२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

नेप्सेमा दोहोरो अंकको सुधार, ३ अर्ब ८३ करोडको कारोबार

२२ भदौ, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा सुधार आएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.०७ अकंले बढेर २५६०.८४ बिन्दुका कायम भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ।  यस दिन ३५२ कम्पनीकाे ५० हजार ८४४ पटकको कारोबारमा ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार रुपैयाँ बराबरको ९२ लाख ९८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

सोमबार १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।यस दिन पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ।  इमर्जिङ्ग नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयर मूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।

यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन २५ करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : September 7, 2026 at 3:15 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/