२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

भ्रामक तथा अतिरञ्जित प्रचारप्रसार नगर्न बीमा अभिकर्तालाई प्राधिकरणको चेतावनी

२१ भदाै, काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी गलत, भ्रामक तथा अतिरञ्जित प्रचारप्रसार नगर्न बीमा अभिकर्ता तथा सम्बन्धित पक्षलाई चेतावनी दिएको छ। इजाजतपत्र प्राप्त बीमा मध्यस्थकर्ताले विभिन्न संस्थाको व्यवसायमा प्रतिकूल असर पर्ने गरी बीमासम्बन्धी गलत तथा भ्रामक प्रचारप्रसार गरेको भन्दै प्राधिकरणमा उजुरी तथा गुनासो प्राप्त भएको जनाएको छ।

dainiki.com

प्राधिकरणका अनुसार बीमा अभिकर्ता निर्देशन, २०८३ को दफा १९ अन्तर्गत बीमा अभिकर्ताको आचारसंहिताको अनुसूची–१ को २(ज) मा भ्रामक प्रचारप्रसार गर्न नहुने स्पष्ट व्यवस्था गरिएको छ। कुनै पनि बीमक वा आफूले प्रतिनिधित्व गर्ने बीमकको क्षमताबारे गलत वा अतिरञ्जित प्रचारप्रसार गर्न नपाइने प्राधिकरणले जनाएको छ।

उक्त प्रावधानविपरीतका गतिविधि भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले त्यस्ता कार्य तत्काल रोक्न निर्देशन दिएको छ। प्राधिकरणले बीमा ऐन, २०७९ तथा आचारसंहिताविपरीत हुने कुनै पनि किसिमको भ्रामक, अतिरञ्जित तथा अनधिकृत प्रचारप्रसार गर्ने वा गराउने कार्य तत्काल बन्द गर्न सम्पूर्ण इजाजतपत्रप्राप्त बीमा कम्पनी तथा सम्बन्धित मध्यस्थकर्तालाई निर्देशन दिएको छ।

प्रकाशित मिति : September 6, 2026 at 11:51 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/