सांग्रिला विकास बैंकको सीइओमा सिजापति नियुक्त
१९ भदौ, काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रबिन सिजापति नियुक्त भएका छन्। उनलाई आज बिहान बसेको सञ्चालक समितिको बैठकले बैंकको सीइओ नियुक्त गरेको हो।

यसअघिका सीइओ सुयोग श्रेष्ठको कार्यकाल भदाै १८ गते बिहीबारदेखि समाप्त भएपछि बैंकले आज नयाँ सीइओ नियुक्त गरेको हो। उनलाई ४ वर्षका लागि सीइओ नियुक्त गरीएको हो । उनी यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका बरिष्ठ नायब महाप्रबन्धक थिए। चार्टर्ड एकाउन्टेन्ट रहेका सिजापति बैंकिङ तथा वित्तीय क्षेत्रका अनुभवी छन्।
प्रकाशित मिति : September 4, 2026 at 3:14 pm


