१९ भदौ २०८३, शुक्रबार | Fri Sep 4 2026

गरिमा विकास बैंकले घाेषणा गर्याे लाभांश, बोनस र नगद कति ?

१९ भदाै, काठमाडाैं । गरिमा विकास बैंकले लाभांश वितरणको प्रस्ताव गरेको छ । यही भदौ १८ गते बसेको सञ्चालक समितिको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी ६ अर्ब दुई करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँको करसहित १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

dainiki.com

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने जनाएको छ ।

प्रकाशित मिति : September 4, 2026 at 2:35 pm