१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

लेदो सफा गर्ने क्रममा धादिङको बैरेनीमा भेटियो बैंकको अर्को भल्ट

१४ भदौ, काठमाडौं । रसुवा बाढीले बगाएर ल्याएको बैंकको अर्को सेफ (भल्ट) फेला परेको छ । धादिङको बैरेनी बजार सडकमा बाढीले ल्याएको ल्दो सफा गर्ने क्रममा भल्ट भेटिएको हो । यसअघि आजै धादिङको मलेखु खोलाको पारी किनारमा बाढीले बगाएर ल्याएको बैंकको भल्ट फेला परेको थियो ।

dainiki.com

उक्त भल्ट उद्धारकर्ता र प्रहरीले किनारबाट निकालेको छ भने भल्टलाई जिल्ला प्रशासन कार्यालयमा राखिएको छ । यसअघि रसुवा बाढीले बगाएर ल्याएको अर्को एक बैंकको भल्ट फोडेर रकम चोरी गर्ने  २९ जना धादिङबाट पक्राउ परेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूको साथबाट हालसम्म ९२ लाख ६८ हजार ५०५ रूपैयाँ बरामद गरिएको छ।

प्रकाशित मिति : August 30, 2026 at 4:39 pm