११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

रसुवा बाढीः काठमाडौंमा ३३ जनाको उपचार जारी, ९ जना डिस्चार्ज

११ भदौ, काठमाडौं । रसुवा बाढीमा परेर घाइते भएकामध्ये काठमाडौं ल्याइएका ४२ जना ९ जना डिस्चार्ज भएका छन् । ३३ जनाको उपचार भइरहेको छ । नेपाल प्रहरीका अनुसार बिहानसम्म ९ जना डिस्चार्ज भइरहेका छन् अरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

रसुवासहित नुवाकोट, धादिङ, गोरखा लगायत क्षेत्रमा तिब्बत क्षेत्रबाट ल्हेन्दे ताल फुटेर बाढी आउँदा धेरै जनधनको क्षति भएको छ। यसबीच उद्धार गरी काठमाडौंका विभिन्न अस्पतालमा ४२ जनाको उपचार भइरहेको थियो।

dainiki.com

प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा २३ जना ल्याइएकोमा ४ जना डिस्चार्ज भएका छन् भने १९ जना उपचाररत छन् । वीर अस्पताल र नर्भीक अस्पतालमा ३/३ जना र छाउनीमा एक जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : August 27, 2026 at 9:24 am