१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

रसुवा बाढीः ३८४ पर्यटक सम्पर्कविहीन

१० भदाै, काठमाडाैं । रसुवामा आएको बाढीका कारण ३८४ भन्दा बढी पर्यटक सम्पर्कविहीन भएका छन्।  पर्यटन बोर्डकाअनुसार बेपत्ता हुनेहरूमा २९१ जना विदेशी नागरिक र ९३ जना नेपाली नागरिक रहेका छन्।

नेपाल पर्यटन बाेर्डअनुसार सम्राट टुर एण्ड ट्राभल्समार्फत गएका ७१ जना (५९ भारतीय र १२ नेपाली), काठमाडौं हलिडे टुर एण्ड ट्राभल्सका १७ जना (२ विदेशी र १५ नेपाली), तथा लीफ हलिडेका ५५ जना (४६ भारतीय र ९ नेपाली) सम्पर्कविहीन छन्। त्यसैगरी, कैलाश जर्नीका ३१ जना (२६ राष्ट्रियता खुल्न बाँकी र ५ नेपाली), एक्सप्लोर भेकेसनका ७ जना नेपाली, ट्रेकर्स सोसाइटीका ९२ जना (७७ राष्ट्रियता खुल्न बाँकी र १५ नेपाली), र रिचा टुर एण्ड ट्राभल्सका १२ जना (८ राष्ट्रियता खुल्न बाँकी र ४ नेपाली) रहेका छन्। यसैगरी, फिसटेल टुर एण्ड ट्राभल्सका २७ जना (२० विदेशी र ७ नेपाली), हिमालयन ग्लेसियरका ५२ जना (३७ एनआरआइसी र १५ नेपाली) तथा अल्पाइन इको ट्रेकका २० जना (१६ विदेशी र ४ नेपाली) पनि बेपत्ता भएका छन् ।

dainiki.com

प्रकाशित मिति : August 26, 2026 at 3:26 pm