रसुवामा बाढीमा फसेका १२ जनाको उद्धार, १२ वटा हेलिकप्टर उद्धारमा परिचालन
१० भदौ, काठमाडौं । रसुवा बाढीबाट प्रभावित भएका १२ जनाको नेपाली सेनाले उद्दार गरेको छ । बुधबार बिहान ९ बजे आएको बाढीबाट प्रभावित विभिन्न ठाउँबाट १२ जनाको उद्धार भएको नेपाली सेनाले जनाएको छ।
सेनाको हेलिकप्टरबाट स्याफ्रुबेँशीबाट ६ जना, मैलुङबाट दुई जना र धुन्चेबाट ४ जनाको उद्धार भएको हो। अहिले नेपाली सेनाका ४ र निजी कम्पनीका ८ गरी १२ हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन भएका छन् । यसका साथै नेपाली सेनाको मेडिकल टिमद्धारा पनि त्रिशुलीस्थित नं.१ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा सुरु गरिएको बताएको छ ।
प्रकाशित मिति : August 26, 2026 at 12:37 pm



