ड्युटीमा खटिएका सशस्त्र प्रहरीका ९ जना सम्पर्कबिहीन
१० भदौ, काठमाडौं । बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी निरीक्षकको कमाण्डको टोली ड्युटीमा खटिएको हो।

अहिले उक्त ९ जनाको टोली सम्पर्कबिहीन भएको उनले बताए। उनीहरूलाई सम्पर्क गर्ने प्रयास गरिए पनि अहिलेसम्म सम्पर्क हुन नसकेको बताए । चीनको तिब्बत क्षेत्रबाट आएको बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढी अहिले भोटेकोशी नदीबाट त्रिशुली हुँदै चितवन पुग्न लागेको उनले बताए।
प्रकाशित मिति : August 26, 2026 at 11:19 am



