लुम्बिनी सरकारका तीन मन्त्रीले लिए शपथ
९ भदाै, काठमाडाैं । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन्।

तीनै जना मन्त्री नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद हुन् । स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र जीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णा कुस्मा थारूले शपथ ग्रहण गरेका हुन्। मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती मगर, उपसभामुख मेनुका खाँड केसी लगायतको उपस्थितिमा शपथ ग्रहण समारोह आयोजना गरिएको थियो।
प्रकाशित मिति : August 25, 2026 at 4:11 pm



