८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गर्न नेकपाको प्रस्ताव

८ भदाै, काठमाडौं । प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशका विभिन्न स्थानमा बालिकाहरूमाथि भइरहेका हिंसा र असुरक्षालाई मध्यनजर गर्दै ‘छोरी बचाउ राष्ट्रिय जागरण अभियान’ सुरु गर्न सरकारसँग माग गरेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।

dainiki.com

बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कार र हत्याको हृदयविदारक घटनाप्रति दलको तर्फबाट दुःख व्यक्त गर्दै दुलालले अब राज्यस्तरबाटै जागरणको आवश्यकता रहेको बताए। उनले भने, ‘कोपिलामै खोसिएका हृदयविदारक घटनाप्रति दलको दर्फबाट दु:ख व्यक्त गर्दछु। छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गरौँ म आह्वान गर्दछु।’

त्यस्तै उनले प्रधानमन्त्री बालेन शाहले भीभीआईपी प्रोटोकल ख्याल नगरेको भन्दै आपत्ति जनाए। हालै कास्की तथा मुस्ताङ भ्रमणमा गएका प्रधानमन्त्री विषयलाई इंगित गर्दै उनले यसबारे आपत्ति जनाएका हुन्। ‘सरकारबिनाको राज्य प्रधानमन्त्रीबिनाको सरकार कल्पना गरिएको हुँदैन। प्रधानमन्त्री भएपछि सार्वजनिक व्यक्ति नै हुन्छ। प्रधानमन्त्री प्रोटोकोल ख्याल गर्नुपर्छ’ उनले भने।

प्रकाशित मिति : August 24, 2026 at 4:15 pm