७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

बागमतीमा मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

७ भदौ,  काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापा मगरका पक्षमा मतदान नगर्न ह्विप जारी गरेको छ। मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेसले आफ्ना सांसदलाई ह्वीप जारी गरेको हो।

dainiki.com

कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको ह्विपमा प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुख्यमन्त्री थापाले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न प्रदेशसभा सदस्यलाई निर्देशन दिइएको छ।

प्रकाशित मिति : August 23, 2026 at 3:14 pm