२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

अइसीसी महिला विश्वकप क्रिकेटको छनाैट खेल्ने नेपालकाे सम्भावना समाप्त

१५ फागुन, काठमाडाैँ । अइसीसी महिला विश्वकप क्रिकेटको अन्तिम खेलमा विजयी भए पनि नेपालले महिला टि-२० र एकदिवसीय विश्वकपको ग्लोबल छनोट खेल्ने सम्भावना समाप्त भएको छ । एसियाली छनोटको आफ्नो अन्तिम खेलमा बुधबार नेपालले कुवेतलाई ३० रनले पराजित गरेपनि अंकतालिकामा पछि पर्दै नेपालको सम्भावना समाप्त भएको हो।

सात टोली सम्मेलित जारी एसिया छनोटको शीर्ष स्थानमा रहने टोलीले सन् २०२० मा हुने महिला टी-२० विश्वकप र सन् २०२१ मा हुने एकदिवशीय विश्वकपको ग्लोबल छनोटमा खेल्ने प्रावधान थियो। तर अन्तिम खेलपछि अंकतालिकामा दोस्रो स्थानमा रहेसँगै नेपालको सम्भावना सकिएको हो।

प्रकाशित मिति : 13:59