११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

टर्कीलाई संयम रहन अन्तर्राष्ट्रिय समूदायका आग्रह


४ फागुन, काठमाडौँ । टर्कीले हालैका दिनहरुमा सिरियामा जारी राखेको आक्रमणपछि उसलाई संयमता अपनाउन आग्रह गरिएको छ । टर्कीले सिरियास्थित कुर्दिस लडाकू समूहविरूद्ध स्थलगत रुपमा पनि सैन्य कारबाही थालेको भन्दै सिरियाका विभिन्न सहरमा आक्रमण गर्ने गरेको छ ।

पछिल्लो समयमा उसले सिरियाको हामा, इद्लिब र आफ्रिनमा पनि हमला गरेको छ । त्यहाँ सयौँ मानिस मारिएका छन् । सो आक्रमणपछि अन्तर्रा्ष्ट्रिय समुदायले उसलाई संयमता अपनाउन आग्रह गरेका समाचारमा जनाइएको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन पनि बिहीबारमात्र टर्की पुग्नुभएको थियो । उहाँ टर्की पुगेलगत्तै यो आग्रह आएको बताइएको छ ।

संयुक्त राष्ट्रसंघले अमेरिकाले टर्कीले गरेको भनिएको सो कारबाहीका क्रममा सर्वसाधारणको ज्यान जानेगरी कुनै पनि कारबाही नहोस् भनी संयमताका लागि आग्रह गरेको हो । त्यसैगरी उसले सर्वसाधारण नागरिक हताहत हुन नदिन र उक्त समूहविरूद्धको कारबाही सीमित समय र क्षेत्रभित्र रहेको सुनिश्चित गर्न पनि आग्रह गरेको छ ।

टर्कीको कुर्दिस विद्रोहीसँग सम्बन्ध भएकाले अङ्काराले नै वाइपिजी नाम गरेको उक्त समूहलाई आतङ्कवादी समूहका रूपमा हेर्दै आएको छ । कुर्दिस सो लडाकू समूहलाई धपाउने कारबाहीका क्रममा टर्कीका सैनिकहरूले सिरियाको उत्तरी क्षेत्र सिनाईमा यसअघि नै प्रवेश गरेका जनाइएको थियो ।

सिरियामा गएको करिब पाँच वर्षदेखि जारी हिंसामा परी तीन लाख भन्दा ४० हजार भन्दा बढी व्यक्तिको ज्यान गएको छ । सो हिंसामा परी त्यहाँका दशौँ लाख नागरिक घरवारबिहीन वा शरणार्थी भएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार १९:०९