२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

आईसीसी टी-२० महिला विश्वकपः एसियाली छनोटमा नेपालले आज कुबेतसँग प्रतिस्पर्धा गर्दै

१५ फागुन, काठमाडौँ । आईसीसी टी-२० महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले आफ्नो अन्तिम खेलमा आज कुबेतसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्यान्डको बैंककमा हुने खेल नेपाली समयअनुसार ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा थाइल्यान्डसँग ५७ रनले पराजित हुँदा तेस्रो खेलमा भने नेपालले यूएईलाई सात विकेटले पराजित गर्न सफल भएको थियो । त्यस्तै, चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको थियो भने पाँचौ खेलमा चीनलाई पाँच रनले पराजित गर्न नेपाल सफल भएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार ०८:३३