२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

प्रशिक्षकको निर्देशन नमान्ने चेल्सीका गोलकिपर केपा एरीजाबालागा कारबाहीमा

१४ फागुन, काठमाडाैँ । प्रशिक्षकको निर्देशन नमानेको भन्दै चेल्सीका गोलकिपर कारबाहीमा परेका छन । कारबाओ कपको फाइनलमा म्यानचेस्टर सिटीविरुद्धको खेलमा प्रशिक्षक माउरीजियो सारीको निर्देशनलाई नमानेका चेल्सीका गोलकिपर केपा एरीजाबालागालाई कारवाही गरिएको हो ।

विम्लेमा भएको फाइनलमा सिटीविरुद्ध खेलको अन्तिममा चोट लागेको भन्दै प्रशिक्षक सारीले उनलाई रिप्लेस गर्न खोज्दा नमानेपछि मैदानमा ठूलो नाटक भएको थियो । केपाको एक साताको तलब काटिएको छ भने माफी माग्न लगाइएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलवार ०८:२७