८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

न्यून गुणस्तरको ४ हजार लिटर दूध विभागले गर्यो नष्ट

१८ साउन, काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरमा सञ्चालित एक डेरी उद्योगको ४ हजार लिटर गुणस्तरहीन दूध नष्ट गरेको छ। विभागमा प्राप्त उजुरीका आधारमा साउन १५ गते गरिएको अनुगमनका क्रममा भक्तपुर–८, लिवालीस्थित ‘जय शम्भु डेरी उद्योग प्रा.लि.’ मा कैफियत भेटिएपछि कारबाही गरिएको हो।

भक्तपुर नगरपालिका–८ लिवालीस्थित उक्त डेरी उद्योगमा गरिएको अनुगमनका क्रममा संकलन गरिएको दूधको नमुना प्रयोगशालामा परीक्षण गर्दा मापदण्डभन्दा कम गुणस्तरको पाइएको थियो।

परीक्षण प्रतिवेदन अनुसार उक्त दूधमा फ्याट २.४ प्रतिशत र एसएनएफ ७.८ प्रतिशत मात्र भेटिएको थियो, जुन निर्धारित मापदण्डभन्दा न्यून हो । गुणस्तरहीन दूधले उपभोक्ताको स्वास्थ्यमा असर पार्ने भन्दै विभागले उक्त उद्योगको ४ हजार लिटर दूध रोक्का गरी स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरेको विभागकी प्रवक्ता डा बालकुमारी शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : August 3, 2026 at 5:11 pm