१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा

१८ साउन, काठमााडाैं । पहिरोका कारण अवरुद्ध रहेको मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । नेपाल प्रहरीका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङमा माथिबाट पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएपछि हाल उक्त सडकखण्डमा सवारी आवागमन पुनःसञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : August 3, 2026 at 4:28 pm