काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि १० जनाको संक्षिप्त सूची सार्वजनिक
१८ साउन, काठमाडौं। काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि प्राप्त आवेदनहरूमध्ये १० जना उम्मेदवारहरूको नाम संक्षिप्त सूचीमा समावेश गरी सार्वजनिक गरिएको छ । मन्त्रालयले सोमबार संक्षिप्त सूची सार्वजनिक गर्दै आवेदकलाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ।
छनोटमा परेका उम्मेदवारहरूमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने रहेका छन् । संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता साउन २२ गते शिक्षा तथा खेलकुद मन्त्रालयमा हुने भएको छ ।

प्रकाशित मिति : August 3, 2026 at 1:17 pm



