४ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि १० जनाको संक्षिप्त सूची सार्वजनिक

१८ साउन, काठमाडौं। काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि प्राप्त आवेदनहरूमध्ये १० जना उम्मेदवारहरूको नाम संक्षिप्त सूचीमा समावेश गरी सार्वजनिक गरिएको छ । मन्त्रालयले सोमबार संक्षिप्त सूची सार्वजनिक गर्दै आवेदकलाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ।

छनोटमा परेका उम्मेदवारहरूमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने रहेका छन् । संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता साउन २२ गते शिक्षा तथा खेलकुद मन्त्रालयमा हुने भएको छ ।

प्रकाशित मिति : August 3, 2026 at 1:17 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/