१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

१८ साउन, काठमाडौं । सिन्धुलीस्थित सुनकोशी नदीमा कार खसेको छ । सोमबार बिहान फिक्कल गाउँपालिका-२ नवलपुर भन्ने ठाउँमा विपरीत दिशाबाट आइरहेको बसले ‍ठक्कर दिँदा कार नदीमा खसेको हो।

कारभित्र कति यात्रुहरू थिए भन्ने यकिन छैन। घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विजय श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : August 3, 2026 at 12:58 pm