१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

विराटनगरको मुन्दडा समूहको घरमा प्रहरीको छापा

१८ साउन, काठमाडौं । प्रख्यात औद्योगिक घराना देवनरा मुन्दडा समूहको घरमा प्रहरीले प्रहरीले छापा मारेको छ। प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर महानगरपालिका–७, मेघराज मार्गस्थित उद्योगी प्रकाश मुन्दडाको निवासमा पुगेर प्रहरीले सोमबार बिहान छापा मारेको हो।

यो समूहका प्रकाश मुन्दडा नेपाल उद्योग परिसंघ कोशीका वरिष्ठ उपाध्यक्ष तथा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष पनि हुन् । मुन्दडा समूह जेजे ज्वेलर्स नामको चाँदीका गहना उद्योग, बाबा आयल रिफाइनरी, हाइलाइफ चप्पल लगायतका उद्योग सञ्चालन गर्दै आएको समूह हो । नेपालको सबैभन्दा ठूलो चाँदी उद्योगको रूपमा समेत जेजे ज्वेलर्स चर्चित छ ।

प्रकाशित मिति : August 3, 2026 at 10:40 am