सुस्तामा भारतीय एसएसबी प्रवेश गरेर अस्थायी बाँध भत्काएपछि तनाव
१७ साउन, बुटवल । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल(एसएसबी) नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएपछि विवाद भएको छ । स्थानीयका अनुसार आइतबार दिउसो करिब १५ जना सादा पोसाकमा र अरु हतियारसहित ६० जनाको संख्यामा एसएसबी नेपाली भूमि पसेका थिए ।
सुस्ता बचाउ अभियान नवलपरासीका प्रवक्ता रवीन्द्र जैसवालले भारतीय पक्ष आएर निर्माणाधीन अस्थायी बाँध भत्काएछि विवाद उत्पन्न भएको जानकारी दिएका हुन् ।
उनका अनुसार भारतीय पक्षले सुरुदेखि नै बाँध निर्माणको काम गर्न नदिएको १३२ मिटर क्षेत्रमा नेपाली पक्षले सहमतिअनुसार वर्षाको भेल रोक्न माटो राखेको थियो । तर, आइतबार भारतीय एसएसबीका सुरक्षाकर्मी सादा पोसाक र हतियारसहित नेपाली भूमिमा प्रवेश गरेपछि विवाद भएको उनको भनाइ छ ।
प्रकाशित मिति : August 2, 2026 at 5:11 pm



