४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

नयाँ शक्तिका नेता चोर्न रसुवा पुगेका कांग्रेस नेता स्तब्ध, प्रेम तामाङ भागेपछि शेरबहादुर देउवा ट्वाँ

१३ फागुन, काठमाडौँ । नयाँ शक्ति पार्टीको सांसद र गाउँपालिका अध्यक्षसहित रसुवाको सिंगो जिल्ला कमिटी निल्ने कांग्रेसको तयारीमा अन्तिममा धोका भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पाैडेल, महामन्त्री शशांक कोइराला, नेता गगन थापा लगायतका नेताहरू सांसद नै चोर्न पाउने भएपछि उत्साहित भएर सोमबार रसुवा पुगेका थिए  ।

तर उनीहरू रसुवाबाट शून्यतामा फर्किएका छन । नयाँ शक्तिका नेताहरूलाइ पार्टी प्रवेश गराउने भन्दै कांग्रेस सभापति देउवा नै प्रभावशाली नेताहरू बोकेर रसुवा पुगेका थिए तर जो पार्टी प्रवेश गर्ने भनेका थिए उनीहरूले नै फरार भएपछि कांग्रेस नेताहरू ट्वाँ परेका छन । नयाँ शक्तिसँग एेतिहासिक एकतासभा भनेर व्यानर बनाएको कांग्रेसले केही नपाएपछि केन्द्रीय नेताहरूलाइ स्थानीय कलाकारको नृत्य देखाएर पठाएको छ ।

यो पनि पढ्नुहोस्

–पार्टी प्रवेश गर्ने मान्छे नपाएपछि रसुवा पुगेका कांग्रेस शीर्ष नेताको लस्कर मैनबत्ती बालेर फर्कियो

प्रकाशित मिति : February 25, 2019 at 7:32 pm