१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

‘निम्स दाइ’को निधनमा अन्नपूर्ण गाउँपालिकाले सोमबार दियो शोक बिदा

१७ साउन, काठमाडाैं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ को निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक बिदा दिएको छ। निम्स दाइ अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दानाका हुन्।

पाकिस्तानस्थित ब्रड पिक हिमाल आरोहणका क्रममा निम्सदाइसहित ६ जना नेपालीको निधन भएको थियो। आरोहीहरूको निधनमा गाउँपालिकाले साउन १८ गते सोमबार शोक बिदा दिने निर्णय गरेको अध्यक्ष भरतकुमार पुनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मानस्वरूप सोमबार गाउँपालिकाअन्तर्गत अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोक बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति : August 2, 2026 at 11:44 am